२ चैत्र २०८१, आइतबार | Sun Mar 16 2025

नेपाल भित्रियो टाटा कर्भ ईभी




काठमाडौं– एसयूभी कुपे डिजाइनको टाटा कर्भ ईभी नेपाल भित्रिएको छ । टाटा मोटर्सले पहिलो पटक २०२३ को अटो एक्सपोमा यसको कन्सेप्ट सार्बजनिक गरेको थियो । सोही कन्सेप्टमा आधारित रहेर डिजाइन गरिएको कर्भ ईभी लन्च भएको हो ।


आकर्षक डिजाइन र अत्याधुनिक फिचर समावेश भएको टाटा कर्भ ईभी ४५ र ५५ किलोवाट आवरको ब्याट्री प्याक अप्सनमा उपलब्ध छ । ४५ किलोवाट आवरको ब्याट्री भएको भेरिएन्टले ४३० किलोमिटर रेन्ज दिन्छ । उक्त गाडीको टर्क भने २१५ एनएम छ ।

यस्तै, ५५ किलोवाट आवर ब्याट्री भएको कर्भ ईभीले एक पटकको फुल चार्जमा ५०२ किलोमिटरको रेन्ज दिन्छ । १०० किलोमिटर प्रतिघण्टा कुद्न सक्ने यो गाडीमा ६ वटा एयरब्यागका साथै इलेक्ट्रोनिक पार्किङ ब्रेक सिस्टम पनि रहेको छ । नेपाली बजारमा दुबै ब्याट्री अप्सनमा आउँछ वा एउटा मात्रै ब्याट्री साइजमा उपलब्ध हुन्छ, त्यसबारेमा आधिकारिक वितरकले केही जनाएको छैन ।

  :