काठमाडौं– महिन्द्राले गत शुक्रबार एक्सईभी–९ ई र बीई–६ एसयूभीको बुकिङ खुलाएकोमा एकै दिन ३० हजार १७९ युनिट बुकिङ भएको छ ।
कुल बुकिङ मध्ये एक्सईभी–९ ईको बुकिङ ५६ प्रतिशत र बीई–६ को ४४ प्रतिशत रहेको कम्पनीले जनाएको छ । पहिलो दिनमै यी दुई नयाँ ईभीले ८ हजार ४७२ करोड भारु बरावरको बुकिङ मूल्य पाएर ईभीमा नयाँ रेकर्ड बनाएको छ । महिन्द्रा बीई६ पाँच ट्रिममा उपलब्ध छ । जसको मूल्य १८ लाख ९० हजारदेखी २६ लाख ९० हजारसम्म र एक्सईभी ९ईको २१ लाख ९० हजार भारुदेखि सुरु हुने जनाइएको छ ।
महिन्द्राले बीई ६ र एक्सयूभी ९ ईमा समान साइजका दुई ब्याट्री प्याक प्रयोग गरिएको छ । कम्पनीले ५९ किलोवाट आवर र ७९ किलोवाट आवरका ब्याट्री प्याक दिएको हो । यो ब्याट्री जम्मा २० मिनेटमा २० बाट ८० प्रतिशत चार्ज गर्न सकिने महिन्द्राले जनाएको छ ।
प्रतिक्रिया