८ भदौ २०८३, सोमबार | Mon Aug 24 2026

सीजी मोटर्सको देशभर २७२ स्थानमा चार्जिङ स्टेशन




काठमाडौं– चौधरी ग्रुप अन्तर्गतको सीजी मोटर्सले विद्युतीय सवारीसाधनलाई अझ व्यावहारिक, सुविधाजनक र सहज बनाउन दुई बर्षको अवधिमा देशभरि २ सय ७२ स्थानमा ईभी चार्जिङ स्टेशन निर्माण गरेको छ ।

कम्पनीले अहिलेसम्म २४८ स्थानमा जिबीटी चार्जर र २४ स्थानमा सीसीएस–टु पोर्ट भएको चार्जर निर्माण गरेको कम्पनीले जनाएको छ ।। कम्पनीले लगाएको जिबीटी चार्जर केवाइसी र किङलङका भ्यानहरु चार्ज गर्न प्रयोग भइरहेका छन् । सीसीएस–टु चार्जर भने कम्पनीले आफ्ना प्यासेन्जर कार चार्ज गर्न बनाएको हो ।

व्यापक र भरपर्दो नेटवर्क उपलब्ध गराएर, सीजी मोटर्सले रेन्ज एंन्जाइटी हटाउँदै ईभी प्रयोगकर्ताहरूलाई तनावमुक्त रहने सेवा प्रदान गरिरहेको बताएको छ। नेपालको सर्वाधिक चार्जिङ स्टेसन रहेको सीजी मोटर्सको सम्पूर्ण जानकारी सीजी केयर्स एपबाट लिन सकिने समेत जनाएको छ ।

नेपालभर २१ भन्दा बढी अत्याधुनिक सर्भिस सेन्टर र काठमाडौँको बागडोलमा अवस्थित प्रमुख सर्भिस सेन्टर मार्फत सीजी मोटर्सले आफ्ना ग्राहकहरूलाई उच्चस्तरीय सेवा उपलब्ध गराउन प्रतिबद्ध रहेको पनि कम्पनीले जनाएको छ ।

  :