माघ २, २०८२ बिहीबार | Fri Jan 16 2026

हुन्डाईको आयोनिक फाइभ एनले बनायो नयाँ कीर्तिमान




काठमाडौं– हुन्डाई मोटर कम्पनीको विद्युतीय गाडी (ईभी) ‘आयोनिक फाइभ एन’ ले जापानको इबाराकीस्थित सुकुबा सर्किटमा १५ फेब्रुअरीमा आयोजित मोटरस्पोर्ट इभेन्ट ‘एट्याक सुकुबा २०२५’ मा ईभी क्षमतामा मापदण्डको नयाँ कीर्तिमान कायम गर्दै सबैभन्दा छिटो गुड्ने ईभी बन्न सफल भएको छ । हुन्डाईको आयोनिक ५ एन मोडेलले सबैभन्दा कम समयमा ‘ल्याप’ पूरा गरेर नयाँ कीर्तिमान कायम गरेको हो ।


नयाँ रेकर्ड कायम गरेको हुन्डाईको आयोनिक फाइभ एन कार जापानका प्रसिद्ध व्यावसायिक चालक नोबुतेरु तानिगुचीले ड्राइभ गरेका थिए । हुन्डाईका अनुसार आयोनिक फाइभ एनले ५७.४४६ सेकेन्डमा एक ल्याप पूरा गरेको थियो । सुकुबा सर्किटमा यति कम समयमा एक ल्याप पूरा गरिएको यो नयाँ रेकर्ड हो । र, यो आयोनिक फाइभ एन ईभीले बनाएको रेकर्ड हो । प्रतिस्पर्धी ईभी आयोनिक फाइभ एनभन्दा २ सेकेन्ड पछाडि थियो ।

‘एट्याक सुकुबामा आयोनिक फाइभ एन हाँक्ने अवसर पाउँदा म आफूलाई सम्मानित भएको महसुस गर्छु,’ चालक तानिगुचीले भने, ‘जसले मेरै पछिल्लो रेकर्ड तोड्न एकदमै मद्दत गरेको छ ।’

आयोनिक फाइभ एनले यसअघि ‘२०२४ पाइक्स पिक इन्टरनेसनल हिल क्लाइम्ब’ मा परिमार्जित उत्पादन श्रेणीको इलेक्ट्रिक एसयूभी वर्गमा नयाँ कीर्तिमान कायम गरेको थियो ।

हुन्डाईको एन म्यानेजमेन्ट प्रमुख जुन पार्कले ‘जापानमा आयोनिक फाइभ एनले राखेको रेकर्डले के स्पष्ट पारेको छ भने हुन्डाईले ईभी प्रविधिमा उत्कृष्ट क्षमता प्रदर्शन गरेको बताए । उनले भने– हाम्रो प्रविधिगत क्षमता प्रमाणित गर्ने महत्वपूर्ण अवसर मात्र नभई उच्च प्रदर्शन गर्ने ईभीलाई ‘अट्याक सुकुवा’ जस्ता इभेन्टमार्फत विश्वव्यापी कार संस्कृतिमा थप समाहित गर्ने हुन्डाई एनको लक्ष्यलाई पनि प्रतिबिम्बित गर्छ ।

  :