६ बैशाख २०८३, आइतबार | Mon Apr 20 2026

नेपाली बजारमा ईमास–७ सार्वजनिक, बुकिङ पनि शुरु




काठमाडौं– मलेसियाली अटोमोबाइल ब्रान्ड प्रोटोनको नेपालका लागि आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले पहिलो विद्युतीय एसयुभी ईमास–७ नेपाली बजारमा सार्बजनिक गर्दै बुकिङ पनि शुरु गरेको छ ।

नेपाली बजारमा प्राइम र प्रिमियम गरी दुई भेरियन्टमा यो ईभी उपलब्ध छ । सो नयाँ ईभीमा क्रमश ४९.५२ र ६०.२२ किलोवाट आवरको ब्याट्री प्याक छ । यसको रेन्ज ३४५ र ४१० किलोमिटर दाबी गरिएको छ ।

अन्तराष्ट्रिय बजारमा जीलीको ग्यालेक्सी ई–५ नामले बिक्री हुँदै आएको यस नयाँ कारमा नयाँ पुस्ताको एजिस सर्ट ब्लेड ब्याट्री प्रविधि प्रयोग गरिएको छ, जुन यसअघि प्रयोग गरिने एलएफपी ब्याट्रीभन्दा प्रभावकारी भएको कम्पनीको दाबी छ ।

आगमी मार्च २१ मा औपचारिक रुपमा सार्वजनिक गरिएपश्चात बिक्री सुरु हुने यस कारको मूल्य जगदम्बा मोटर्सले प्राइम भेरिएन्टको ५६ लाख ९९ हजार र प्रिमियम भेरिएन्टको ६७ लाख ९९ हजार तोकेको छ ।

  :