काठमाडौं– चांगान तथा दीपल ईभीको नेपालका लागि आधिकारिक विक्रेता एमएडब्लू वृद्धि अटोकर्पले पोखराको चाउथेमा नयाँ शोरुम खोलेको छ। एमएडब्लु वृद्धिले हिमालय अर्गनाइजेसनमार्फत गण्डकी क्षेत्रका ग्राहकलाई इन्टेलिजेन्ट र फ्युचरिस्टिक दीपल ईभीको नयाँ अनुभव दिलाउन ‘स्टेट अफ दी आर्ट’ शोरुम सञ्चालनमा ल्याएको हो ।
गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री बिन्दुकुमार थापा, नेपाल अटोमोबाइल डिलर्स एसोसिएसन (नाडा)का अध्यक्ष करण चौधरी, हिमालय अर्गनाइजेसनका अध्यक्ष ध्रुव थापा र एमएडब्लू ग्रुपका कन्सल्टेन्ट सन्दिप चटर्जीले शोरुमको संयुक्त रुपमा उद्घाटन गरेका थिए। शोरुम उद्घाटनका अवसरमा डिपल ई ०७ को पनि रिजनल लन्च गरिएको थियो।
पोखरामा नयाँ शोरुम खुलेको अवसर पारेर एमएडब्लु वृद्धिले शनिबारदेखि पाँच दिनको टेस्ट ड्राइभ तथा एक्सचेन्ज क्याम्प पनि सुरु गरेको छ । जहाँ दीपल ई–०७, एस–०७ र एल–०७ टेस्ट ड्राइभ गर्न सकिने कम्पनीले जनाएको छ ।
‘टेस्ट ड्राइभ दी फ्युचर’ नाम दिइएको क्याम्पमा ग्राहकले निःशुल्क डाइमण्ड कोटिंग, ७ किलोवाटको चार्जर र एसेसोरिज, आकर्षक क्यास डिस्काउन्ट र टप रिकन्डिसन हाउसबाट पुरानो गाडीको उत्कृष्ट मुल्याङ्कन दिने पनि कम्पनीले जनाएको छ ।
प्रतिक्रिया