६ बैशाख २०८३, आइतबार | Mon Apr 20 2026

पोखरामा दीपलको नयाँ शोरुम, टेष्ट ड्राइभ जारी




काठमाडौं– चांगान तथा दीपल ईभीको नेपालका लागि आधिकारिक विक्रेता एमएडब्लू वृद्धि अटोकर्पले पोखराको चाउथेमा नयाँ शोरुम खोलेको छ। एमएडब्लु वृद्धिले हिमालय अर्गनाइजेसनमार्फत गण्डकी क्षेत्रका ग्राहकलाई इन्टेलिजेन्ट र फ्युचरिस्टिक दीपल ईभीको नयाँ अनुभव दिलाउन ‘स्टेट अफ दी आर्ट’ शोरुम सञ्चालनमा ल्याएको हो ।

गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री बिन्दुकुमार थापा, नेपाल अटोमोबाइल डिलर्स एसोसिएसन (नाडा)का अध्यक्ष करण चौधरी, हिमालय अर्गनाइजेसनका अध्यक्ष ध्रुव थापा र एमएडब्लू ग्रुपका कन्सल्टेन्ट सन्दिप चटर्जीले शोरुमको संयुक्त रुपमा उद्घाटन गरेका थिए। शोरुम उद्घाटनका अवसरमा डिपल ई ०७ को पनि रिजनल लन्च गरिएको थियो।


पोखरामा नयाँ शोरुम खुलेको अवसर पारेर एमएडब्लु वृद्धिले शनिबारदेखि पाँच दिनको टेस्ट ड्राइभ तथा एक्सचेन्ज क्याम्प पनि सुरु गरेको छ । जहाँ दीपल ई–०७, एस–०७ र एल–०७ टेस्ट ड्राइभ गर्न सकिने कम्पनीले जनाएको छ ।

‘टेस्ट ड्राइभ दी फ्युचर’ नाम दिइएको क्याम्पमा ग्राहकले निःशुल्क डाइमण्ड कोटिंग, ७ किलोवाटको चार्जर र एसेसोरिज, आकर्षक क्यास डिस्काउन्ट र टप रिकन्डिसन हाउसबाट पुरानो गाडीको उत्कृष्ट मुल्याङ्कन दिने पनि कम्पनीले जनाएको छ ।

  :