३० फाल्गुन २०८१, शुक्रबार | Fri Mar 14 2025

बजारमा बलियो उपस्थिति कायम राख्दै सिप्रदी, ७ उत्कृष्ट अवार्ड




काठमाडौं– नेपालमा टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले ७ उत्कृष्ट अवार्ड जित्न सफल भएको छ । टाटा मोटर्सको अन्तर्राष्ट्रिय व्यवसाय नेटवर्कलाई जोड्ने टाटा मोटर्स ‘वान वर्ल्ड २०२४’ कार्यक्रममा कम्पनीले ७ उत्कृष्ट अवार्ड जितेको हो ।

सिप्रदी ट्रेडिङ प्रालिले नेपाललाई सबै प्रमुख सेग्मेन्टहरूमा उच्च बजार हिस्सा दिलाउँदै निरन्तर उत्कृष्ट प्रदर्शन गरिरहेको जनाइएको छ । नेपाललाई कमर्सियल सवारीसाधन क्षेत्रमा अग्रणी स्थानमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेलेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

‘सिप्रदी ट्रेडिङ प्रालिको यो उपलब्धि ग्राहकहरूको विश्वास, टिमको निरन्तर मेहनत, र टाटा मोटर्सका विश्वसनीय उत्पादनहरूको प्रतिफल हो। सबै प्रमुख सेग्मेन्टमा उत्कृष्ट प्रदर्शन गर्दै, सिप्रदी ट्रेडिङ प्रालिले बजारमा आफ्नो बलियो उपस्थिति कायम राख्दै आएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

‘हामी हाम्रा ग्राहकहरूलाई उच्च गुणस्तरीय सेवा र सुलभ सवारीसाधन प्रदान गर्न सधैं प्रतिबद्ध छौं । यी पुरस्कारहरूले हाम्रो टिमको मेहनतलाई सम्मान गर्दै, ग्राहकहरूलाई अझ उत्कृष्ट अनुभव प्रदान गर्ने प्रेरणा दिएको छ’ सिप्रदी ट्रेडिङ प्रालिका प्रमुख कार्यकारी अधिकृत राजन बाबु श्रेष्ठले भने- ‘हामी यो सफलता हाम्रा सबै ग्राहकहरूलाई समर्पित गर्छौं, जसले हामीमाथि विश्वास गर्नुभयो र टाटा गाडीलाई पहिलो रोजाइ बनाउनुभयो । नेपालले हरेक वर्ष आफ्नो स्थान बलियो बनाउँदै गएको छ, र यो सफलता हाम्रो प्रतिबद्धताको प्रमाण हो ।’

  :