मंसिर २६, २०८२ बिहीबार | Thu Dec 11 2025

बीवाईडीको ब्याट्रीमा १० बर्ष वारेन्टीको अफर




काठमाडौं– बीवाईडी ईभीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले हाई–टेक विकमा बीवाईडीका कुनै पनि ईभी बुकिङ गर्ने ग्राहकहरुलाई ब्याट्रीमा १० वर्ष वारेन्टी प्रदान गर्ने घोषणा गरेको छ ।

बीवाईडी हाई–टेक विकको अवसरमा एक्सक्लुसिभ अफरको रुपमा साइमेक्स इंकले सो एक्सटेन्डेड वारेन्टी उपलब्ध गराउने जनाएको हो । बीवाईडीका ब्याट्रीमा १० वर्ष वा २ लाख किलोमिटर सम्मको वारेन्टी उपलब्ध गराउने कम्पनीले जनाएको छ । यो अफर पाउन ग्राहकले बुकिङ गरेका गाडी चैत १८ गतेसम्म डेलिभरी लिई सक्नुपर्ने कम्पनीले जनाएको छ।


नेपाली बजारमा बीवाईडीका एट्टो ३, डल्फिन, एम६ लगायतका गाडी पहिले देखि नै उपलब्ध छन् भने हाल इभेन्टको प्रमुख आकर्षणको रुपमा बीवाईडीका अत्याधुनिक सवारी साधन याङवाङ यु८, एफसीबी बाओ ५, डेन्जा जेड९जीटी, डेन्जा डी९ र बीवाईडी शार्क ६ सार्वजनिक गरिएको छ, जसले अटोमोटिभ टेक्नोलोजीमा नयाँ युगको प्रतिनिधित्व गर्छन् ।

गत फेब्रुअरी २७ देखि काठमाडौंको नयाँ बानेश्वरस्थित होटल एभरेष्टमा शुरु भएको बीवाईडी हाई–टेक विक आज समापन हुँदैछ ।

  :