मंसिर २६, २०८२ बिहीबार | Thu Dec 11 2025

एलईभी ०१ क्रसओभर इलेक्ट्रिक एसयूभी दुई भेरियन्टमा सार्वजनिक




काठमाडौं–एलएस अटोको नेपालका लागि आधिकारिक बिक्रेता नेक्सन भेन्चर प्रालिले औपचारिक रूपमा एलईभी ०१ क्रसओभर इलेक्ट्रिक एसयूभी दुई भेरियन्टको सार्वजनिक गरेको हो ।


स्ट्यान्डर्ड र कम्फर्ट गरी दुई भेरिएन्टमा एलईभी ०१ का गाडी कम्पनीले ल्याएको हो । ६७.१२ किलोवाट आवरको ब्याट्री प्याक भएको एलईभी ०१ मा ९९ किलोवाटको फ्रन्ट ह्विल ड्राइभ मोटर रहेको छ ।

यो मोटरले ३०० एनएमको टर्क उत्पन्न गर्छ । एलईभी ०१ मा नेपालको बाटो सुहाउँदो २१० एमएमको ग्राउण्ड क्लियरेन्स रहेको कम्पनीको दावी छ ।

यसको ब्याट्री प्याक र ग्राउण्डबीचको दूरी २२१ एमएम रहेको छ । एलएस अटो एलईभी ०१ मा एसभोल्टको हनिकम्ब आर्किटेक्चरमा डिजाइन गरिएको लिथियम आइरन फस्फेट ब्याट्री प्याक जडान गरिएको छ ।

यो ईभीले एक पटकको फुल चार्जमा ५०० किलोमिटर सम्मको रेन्ज दिन्छ । प्रिमियम डिजाइन रहेको एलईभी ०१ मा होरिजन्टल डीआरएल, भर्टिकल हेडलाइट सेटअप रहेको छ भने पछाडि सस्पेन्डेड टेललाइट डिजाइन रहेको कम्पनीले जनाएको छ ।
यस्तै, सुरक्षाका लागि यो ईभीमा १० वटा एयरब्याग, एबीएस, ईबीडी, ईपीएस, ट्र्याक्सन कन्ट्रोल, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, क्रूज कन्ट्रोल, अटो होल्ड, हिल असिस्ट कन्ट्रोल आदि सुविधाहरू पनि दिइएको छ । स्ट्यान्डर्ड एडिसनको मूल्य ६१ लाख ९५ हजार तथा कम्फर्ट एडिसनको मूल्य ६९ लाख ९५ हजार रुपैयाँ कम्पनीले निर्धारण गरेको छ ।

देशव्यापी रूपमा चार्जिङ स्टेशन समेत विस्तार गर्ने योजना बनाएको कम्पनीले काठमाडौ बालुवाटार स्थित चिनियाँ दूतावास नजिकै शोरुम सञ्चालन गरिसकेको छ । अर्को साता भित्र ललितपुरको बालकुमारीबाट पनि शोरूम सञ्चालन गर्ने योजना रहेको कम्पनीले जनाएको छ ।

  :