काठमाडौं–सीजी मोटर्सले आफ्नो थापाथलीस्थित शोरुममा मंगलबारदेखि इभी एक्सचेन्ज मेला आयोजना गरिरहेको छ। एक साताका लागि आयोजित मेलामा ग्राहकहरुले पुराना इभी नयाँ इभीमा साट्न सकिने सुविधा छ । कम्पनीले आयोन, एक्स्पेङ, डायुन, र नेटा जस्ता प्रमुख अन्तर्राष्ट्रिय ब्रान्डका गाडीहरू लैजान पाउने कम्पनीले जनाएको छ।
एक्सचेन्ज मेलामा ग्राहकका लागि एक्सचेन्ज बोनस, आकर्षक छुट, निःशुल्क एसेसरिजहरू र सजिलो फाइनान्सिङका विकल्पहरू जस्ता विशेष फाइदाहरू पाउने जनाइएको छ। मेलामा ग्राहकले निःशुल्क ७ किलोवाटको चार्जर, एक आर्थिक वर्षको निःशुल्क सवारी कर, र अटो प्लस बीमा पनि प्राप्त गर्नेछन्।
पुराना गाडीहरूको उत्कृष्ट मूल्यांकन गरिने भएकाले इलेक्ट्रिक गाडीमा अपग्रेड हुन चाहने ग्राहकका लागि यो उत्कृष्ट अवसर हुने कम्पनीले जनाएको छ ।
कम्पनीले टेस्ट ड्राइभ गर्ने इच्छुक ग्राहकलाई विशेष उपहार पनि दिने गरिएको जनाएको साथै सहभागीले लक्की ड्रमार्फत आईफोन १६ जित्न सक्ने अफर पनि रहेको कम्पनीले जानकारी दिएको छ ।
प्रतिक्रिया