काठमाडौं–एमजीको नेपालको लागि आधिकारिक वितरक पारामाउन्ट मोटर्सले विद्युतीय एसयूभी एस ५ नेपाली बजारमा सार्वजनिक गरेको छ । तीन भेरिएन्टमा उपलब्ध एमजी एस ५ को मूल्य ४३ लाख ९९ हजार, ४९ लाख ९९ हजार र ५४ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।
स्केलेबल मोडुलर प्लेटफर्ममा बनेको एमजी एस ५ मा रियर ह्विल ड्राइभ र इन्डिपेन्डेन्ट सस्पेन्सन लगायतका विभिन्न फिचरले सुसज्जित छ ।
यसमा विश्वकै सबैभन्दा पातलो अल्ट्रा थिन ब्याट्री प्रयोग गरिएको छ । इन्ट्री लेभल मोडलमा ४९.१ किलोवाट आवरको लिथियम आइरन फस्फेट ९एलएफपी० ब्याट्री प्रयोग गरिएको छ, जसले सिंगल चार्जमा ३४० किलोमिटर डब्लुएलटीपी रेन्ज दिन्छ । त्यसैगरी अर्को भेरिएन्टमा ६२.२ किलोवाट आवरको ब्याट्री छ, जसले सिंगल चार्जमा ४३० किलोमिटरको रेन्ज दिन्छ । यसमा ९९ किलोवाटको मोटर छ ।
प्रतिक्रिया