माघ १, २०८२ बुधबार | Wed Jan 14 2026

दिपलको एस ०५ ईभीलाई प्रतिष्ठित आईएफ डिजाइन अवार्ड




काठमाडौं– निकट भविष्यमा नै नेपालमा सार्वजनिक हुन लागेको चांगानको नयाँ ईभी दिपल एस०५ ले प्रतिष्ठित आईएफ डिजाइन अवार्ड जित्न सफल भएको छ ।

आईएफ अवार्डका लागि ६६ वटा मुलुकबाट ११ हजार वटा आवेदन परेका थिए । जर्मनीको ह्यामबर्गमा आयोजित अवार्ड सेरेमोनीमा २३ वटा मुलुकका १३१ जुरीले मूल्यांकन गरेर विजेता घोषणा गरेको हो । एस०५ को इनोभेटिभ डिजाइन, कटिङ–एज प्रविधि र दीर्घकालीनताप्रतिको प्रतिबद्धताको मूल्यांकन गर्दै अटोमोबाइल सेग्मेन्टमा आईएफ डिजाइन अवार्डले सम्मान गरिएको हो ।

केही सातामा थाइल्यान्डमा सार्वजनिक गरिने एस०५ निकट भविष्यमा नै नेपालमा ल्याउने तयारी दिपलको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु वृद्धिले गरिरहेको छ ।

  :