३० फाल्गुन २०८१, शुक्रबार | Fri Mar 14 2025

भारतीय बजारमा टाटा मोटर्सका ईभीको हिस्सा शीर्ष स्थानमा




काठमाडौं–टाटा मोटर्सका बिद्युतीय सवारी साधनले भारतीय बजारमा आफ्नो प्रभुत्व जमाउन सफल भएको छ । फेब्रुअरी २०२५ मा टाटा मोटर्सले इलेक्ट्रिक सेगमेन्टमा आफ्नो शीर्ष स्थान कायम राखेको छ ।

एक महिनाको अवधिमा टाटा मोटर्सले कुल ३ हजार ८२५ इलेक्ट्रिक गाडी बिक्री गरेको छ जुन बजारको ४२.६५ प्रतिशत हिस्सा हो ।

हाल टाटा मोटर्सले नेक्सन ईभी, टियागो ईभी, पन्च ईभी र टिगोर ईभी बिक्री गर्दै आएको छ, जसको मूल्य ७ लाख ९९ हजार देखि १९ लाख २९ हजार भारतीय रुपैयाँसम्म छ ।

यस्तै एमजी मोटर्स दोस्रो स्थानमा छ । यस अवधिमा एमजी मोटर्सले कुल ३ हजार २७० युनिट कार बिक्री गरेको छ। हुन्डाई यस बिक्री सूचीमा तेस्रो स्थानमा छ । यस अवधिमा हुन्डाईले कुल ७ सय ३८ युनिट कार बेचेको छ।

  :