काठमाडौं– अमेरिकी इलेक्ट्रीक स्कुटर ब्राण्ड सेगवेको नेपालका लागि आधिकारिक बिक्रेता आई हब प्रालिले ई १०० को २०२५ मोडलको नेपालमा बिक्री शुरु गरेको छ । कम्पनीले यसको मूल्य २ लाख ९१ हजार रुपैयाँ तोकेको छ ।
सेगवे ई १०० स्कुटरमा रहेको २.४ किलोवाट क्षमताको मोटरले १५० एनएम टर्क जेनेरेट गर्छ भने यसको टप स्पीड ५८ किलोमिटर प्रतिघण्टा रहेको छ ।
ई १०० स्कुटर सुरक्षाको हिसाबले अत्याधुनिक प्रविधिको छ । यसमा चालक नबसेसम्म स्टार्ट हुँदैन । त्यसैगरी स्कुटरको स्ट्याण्ड नउठाउँदासम्म यो स्कुटर गुडाउन सकिँदैन ।
यो स्कुटर एक पटकको फुल चार्जमा १०० किलोमिटरसम्म यात्रा गर्न सकिने कम्पनीले जनाएको छ । कम्पनीले यो स्कुटर खरिद गर्दा विभिन्न अफरहरु समेत सार्वजनिक गरेको छ । जस अनुसार कम्पनीले पहिलो ३० जना ग्राहकलाई नगद ३० हजार रुपैयाँ छुट दिने जनाएको छ भने, हरेक स्कुटरको खरिदमा स्कुटर कभर, १ वर्षको सर्भिस फ्री र हेलमेट निःशुल्क उपलब्ध गराइने छ ।









प्रतिक्रिया