१९ बैशाख २०८३, शनिबार | Sat May 2 2026

२० प्रतिशत डाउन पेमेन्टमै बीवाईडीका ईभी




काठमाडौं– पोखरामा चलिरहेको ‘वाडा अटो शो २०२५’ मा बीवाइडीका ईभीहरु ग्राहकहरुले २० प्रतिशत डाउन पेमेन्टमै किन्न सक्ने बीवाइडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले जनाएको छ ।

वाडा अटो शोमा बीवाईडीका ईभी खरिद गर्नेलाई कम्पनीले ८० प्रतिशत फाइनान्स सुविधा उपलब्ध गराउने भएको हो । बीवाइडीका डल्फिन, एट्टो ३ र एम ६ मोडलका कार खरिद गर्न २० प्रतिशत मात्रै डाउन पेमेन्ट गरे पुग्ने कम्पनीले जनाएको छ । ।

साथै, कम्पनीले वाडा अटो शोमा सवारी साधन किन्ने ग्राहकलाई सीमित अवधिका लागि एक्सक्लुसिभ अफरहरू समेत दिने भएको छ ।

कम्पनीले आफ्ना ईभीहरूमा १० वर्ष वा २ लाख किलोमिटरको वारेन्टी, १ वर्ष फ्री इन्स्योरेन्स , १ वर्षको रोड ट्याक्स कभरेज, आकर्षक नगद छुट, फ्री एसेसरिज, फ्री होम चार्जर जस्ता सुविधाहरू उपलब्ध गराउने छ ।

  :