मंसिर २५, २०८२ बुधबार | Thu Dec 11 2025

लुयानको इलेक्ट्रिक स्कुटर किन्दा १५ हजार छुट



काठमाडौं– नयाँ वर्ष २०८२ को अवसरमा लुयान नेपालले ग्राहकहरूका लागि लुयानका कुनैपनि इलेक्ट्रिक स्कुटर खरिद गर्ने ग्राहकले १५ हजार नगद छुट पाउने लगायतका विशेष अफर उपलब्ध गराउने घोषणा गरेको छ ।

अफर अन्तर्गत लुयानका कुनैपनि इलेक्ट्रिक स्कुटर खरिद गर्ने ग्राहकले नगद छूटका साथै एक वर्षको सवारी कर, बाइक कभर, टी–शर्ट, र हेलमेट निःशुल्क प्राप्त गर्नसक्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यो अफर आगामी बैशाख मसान्तसम्मका लागिमात्र हुनेछ ।

नगदमा खरिद गर्ने ग्राहकमा मात्र लागु हुने यस अफरसंगै कम्पनीले ग्राहकको सुविधाको लागि एक्सचेन्ज र फाइनान्स सुविधा पनि उपलब्ध गराएको छ । जसअनुसार, ग्राहकहरूले पुरानो स्कुटर साटेर नयाँ लुयान स्कुटर सहज किस्तामा लिन सक्नेछन् ।

लुयान नेपालले काठमाडौंभित्र १७ स्थानमा सर्भिस सेन्टर तथा चार्जिङ पोइन्ट सञ्चालन गरिरहेको जनाएको छ । नेपालभरका १३ प्रमुख शहरहरूमा लुयानको डिलर नेटवर्क रहेको छ ।

  :