३० चैत्र २०८२, सोमबार | Mon Apr 13 2026

साइमेक्स इंकको महत्वपूर्ण उपलब्धि, बीवाईडी एसिया प्यासिफिक २०२५ डिलर कन्फ्रेन्समा प्रतिष्ठित पुरस्कार




काठमाडौं–बीवाईडी अटो इन्डष्ट्रीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले चीनको सेन्झेनमा सम्पन्न बीवाईडी एसिया प्यासिफिक २०२५ डिलर कन्फ्रेन्समा प्रतिष्ठित पुरस्कार प्राप्त गरेको छ । यो साइमेक्स इंकको महत्वपूर्ण उपलब्धि भएको कम्पनीले जनाएको छ ।

कनेक्टेड, इन्स्पायर्ड, युनाइटेड थिममा आयोजित सो इभेन्टमा एसिया प्यासिफिक क्षेत्रमा उत्कृष्ट कार्य गरेका पार्टनरहरूलाई उनीहरूको अभूतपूर्व योगदानका लागि सम्मानित गरिएको थियो ।

नेपालमा दिगो मोबिलिटीलाई अगाडि बढाउन नेतृत्व लिए वापत साइमेक्स इंक विभिन्न प्रतिष्ठित पुरस्कारबाट सम्मानित भएको छ ।

साइमेक्स इंकले अल ब्रान्ड टप सेल्स अवार्ड, एसिया प्यासिफिक आउटस्ट्यान्डिङ स्ट्राटेजिक पार्टनर अवार्ड, २०२४ एक्सिलेन्ट पार्टनर अवार्ड र टप २० स्टोर अवार्ड प्राप्त गरेको छ । यसका साथै, बिक्री कार्यमा असाधारण उपलब्धिका साथ योगदान गरे वापत टप सेल्स अवार्डबाट लुज महर्जन, निराजन खनाल र सनम शेखलाई सम्मानित गरिएको थियो ।
यसअनुसार बीवाईडीको दाङका लागि आधिकारिक डिलर टिम एलेभेन ईभी वल्र्डले २०२४ आउटस्ट्यान्डिङ मार्केटिङ डिलर अवार्ड प्राप्त गर्‍यो ।

त्यसैगरी, चितवनको डिलर युरो अटो ग्रिनले २०२४ एक्सिलेन्ट पार्टनर अवार्ड र वीरगन्जको डिलर निरज अटोमोबाइल्सले २०२४ बेस्ट सेल्स ग्रोथ डिलर अवार्ड प्राप्त गरेका थिए ।

  :