३० चैत्र २०८२, सोमबार | Mon Apr 13 2026

नयाँ बर्षको अवसरमा टाटाको एक्सचेञ्ज उत्सव



काठमाडौं–टाटा मोटर्सको नेपालका लागि एकमात्र अधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले चैत २९ गतेदेखि देशभरी नै ‘नयाँ वर्ष २०८२ एक्सचेञ्ज उत्सव’ आयोजना गर्ने भएको छ ।


वैशाख २ गतेसम्म संचालन हुने एक्सचेन्ज उत्सवमा ग्राहकले आफूसँग भएको जुनसुकै ब्राण्डका पुराना गाडीसँग टाटाको नयाँ टियागो, पन्च, नेक्सन के ३ र कर्भ ईभी साट्न सक्ने कम्पनीले जनाएके छ ।

कम्पनीका अनुसार पुराना गाडी साटी टाटाका नयाँ ईभी किन्न चाहने ग्राहकले २० प्रतिशत डाउन पेमेन्टमै गाडी लैजना सक्ने छन् । साथै, ग्राकहले आकर्षक एक्सचेन्ज बोनस, एक्सेसरिज, सिप्रदीको चार्जिङ नेटवर्कमा लाइफ टाइम निःशुल्क चार्जिङ, निःशुल्क चार्जिङ बक्स (जडान सहित) एवं निःशुल्क एभीटीसहित हरेक बुकिङमा आकर्षक उपहार पनि पाउने कम्पनीले जनाएको छ ।

ग्राहकले देशभर रहेका टाटा मोटर्सको शोरुममा गई नयाँ तथा अत्याधुनिक डिजाइनका गाडीहरू अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्ने पनि सिप्रदीले जनाएको छ ।

  :