७ जेष्ठ २०८३, बिहिबार | Thu May 21 2026

दीपल ईभीमा छुटाउनै नमिल्ने’ प्रि– बजेट अफर




काठमाडौं– नेपालका लागि दीपलको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि अटोकर्पले दीपल ईभी किन्ने ग्राहकहरुका लागि ‘अनमिसेबल’ अर्थात छुटाउनै नमिल्ने प्रि–बजेट स्कीमको घोषणा गरेको छ ।

प्रि बजेट अफरमा ग्राहकले अहिलेसम्मकै राम्रो नगद छुट र एक्सचेञ्ज बोनस पाउनुका साथै आर्थिक वर्ष २०८२/८३ को निःशुल्क रोड ट्याक्स र कम्प्रिहेन्सिभ अटो प्लस बीमा सुविधा पनि पाउने कम्पनीले जनाएको छ । त्यस्तै, ग्राहकले निःशुल्क ७ किलोवाटको वाल चार्जर र ३ किलोवाटको ट्राभल चार्जर पनि पाउने छन् । वैशाख १० गतेदेखि सुरू भएको यो स्कीम ४५ दिनसम्म चल्ने कम्पनीले जनाएको छ ।

कम्पनीले दीपल ईभी किन्न चाहनेलाई सहजीकरण गर्न २० प्रतिशत डाउनपेमेन्टमै गाडी दिने भएको छ । यस फाइनान्स सुविधामा ब्याजदर पनि ८.९९ प्रतिशत मात्रै रहेको पनि कम्पनीले जनाएको छ । नेपालमा सार्वजनिक भएको १ वर्षमै दीपलले ८०० बढी युनिट ईभी बिक्री गरिसकेको छ । हाल नेपालमा दीपलको एस ०७, एस ०७ एल, एल ०७ र ई०७ गरी मोडलका ईभी बिक्री भइरहेका छन् । साथै, ग्राहकको सहजता तथा ईभी इकोसिस्टमलाई मलजल गर्न एमएडब्लु वृद्धिले हाल नेपालका १०० भन्दा बढी स्थानमा चार्जिङ स्टेसन संचालन गर्दै आएको पनि कम्पनीले जानकारी दिएको छ ।

  :