१० असार २०८३, बुधबार | Wed Jun 24 2026

बजेट अटोमोबाइल बजारमैत्री ल्याएकोमा नाडा खुशी




काठमाडौं– नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा)ले अटोमोबाइल बजारमैत्री बजेट ल्याएको भन्दै अर्थमन्त्री बिष्णु पौडेललाई भेटेर नै धन्यवाद दिएको छ ।


शुक्रबार नाडा प्रतिनिधि मण्डलले नेपालको अटोमोवाइल व्यवसायलाई गतिशील एवं चलायमान बनाउन विगतमा दिइएका सुझाव समेटेर बजेट बनाएको भन्दै खुशी व्यक्त गरेको छ ।


यो बजेट व्यवसायमैत्री रहेको, उद्यमी र व्यवसायीहरूलाई प्रोत्साहित मात्र गरेको छैन । यसले नेपालको अर्थतन्त्रलाई समेत चलायमान बनाउने छ,’ नाडाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अब आउँदो मौद्रिक नीति समेत यसै अनुरुप आउने अपेक्षा समेत राखेका छौं ।’


नाडा अटो मोबाइल एसोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरीले बजेट पढ्दा अटो क्षेत्रलाई उजागर गर्ने नीति लिएको बताए ।

  :