मंसिर २५, २०८२ बुधबार | Thu Dec 11 2025

ब्रम्बी ईभीको सीमित स्टक १९ लाख ९९ हजारमै



काठमाडौं– नेपालको लागि बीएडब्लुको आधिकारिक वितरक एलआरआर मोटर्सले आफ्नो मिनी कार ब्रम्बीमा विशेष अफर ल्याएको हो। २२ लाख ९० हजार रुपैयाँमा बिक्री हुँदै आएको ब्रम्बी ईभीको सीमित स्टकलाई १९ लाख ९९ हजारमै बिक्री भईरहेको कम्पनीले जनाएको छ ।


बीएडब्लुको ब्रम्बीमा ३० किलोवाटको मोटर र १७.२८ किलोवाट आवरको एलएफपी ब्याट्री छ। यसले सिंगल चार्जमा २०५ किलोमिटर रेन्ज दिने कम्पनीले जनाएको छ ।

यसको लम्बाई ३५३२ एमएम, चौडाई १४९८ एमएम र उचाई १६०५ एमएम रहेको छ। सिम्पल बडी डिजाइन र पर्सनलाइज्ड फ्रन्ट फेस सेप सहितको फेसनेबल एपियरेन्स रहेको बीएडब्लु ब्रम्बी ईभीलाई इको र स्पोर्ट ड्राइभिङ मोडमा चलाउन सकिन्छ।

सुरक्षाका लागि यसमा फ्रन्ट कोलिजन र पोस्ट क्र्यास सेफ्टी सम्बन्धी विभिन्न टेस्टबाट सुरक्षा प्रमाणपत्र पाएको छ।

  :