१० असार २०८३, बुधबार | Wed Jun 24 2026

बीएमडब्लूको नयाँ ईभीको चाँडै नै बिक्री शुरु



काठमाडौं– लक्ष्मी प्रिमियमले नेपाल भित्र्याएको बीएमडब्लूको नयाँ इलेक्ट्रिक गाडीको केही दिनपछि बिक्री शुरु गर्ने तयारी कम्पनीले गरेको छ ।

यस गाडीमा ६६.५ किलोवाट आवर क्षमताको ब्याट्री छ भने यसमा १५० किलोवाट क्षमताको मोटर पावर छ। जसले २०४ पीएस पावर प्रदान गर्छ भने २५० एनएम टर्क उत्पादन गर्छ।

यसले एक पटकको फुल चार्जमा ४७५ किलोमिटर रेन्ज दिने कम्पनीले जनाएको छ । यसको ब्याट्रीले ११ किलोवाट र १३० किलोवाट क्षमताको चार्जर सपोर्ट गर्छ। यसको लम्बाइ ४.५ मिटर, चौडाई १.८ मिटर र उचाइ १.५ मिटर रहेको छ ।

  :