मंसिर २६, २०८२ बिहीबार | Thu Dec 11 2025

बीवाईडी डल्फिनको नयाँ भर्सन नेपाली बजारमा



काठमाडौं– बीवाइडीको नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इंकले नयाँ भर्सनको डल्फिन २०२५ मोडल सार्वजनिक गरेको छ ।

साइमेक्स इंककी प्रबन्ध निर्देशक यमुना श्रेष्ठले कम्पनीले हरेक पटक ग्राहकहरुलाई नयाँ दिने प्रयास गरिरहेको भन्दै यस पटक डल्फिनमा नयाँ प्रविधिको विकास भएको लिथियम आयोन फोसफेट ब्याट्री उपलब्ध रहेको बताइन । बीवाईडी डल्फिनको नयाँ भर्सनमा १५ वर्षसम्मको लाइफ भएको ब्याट्री उपलब्ध छ। डल्फिन २०२५ को मूल्य ४१ लाख १५ हजार रुपैयाँ तोकिएको छ।

बीवाइडी डल्फिनमा ४४.९ किलोवाट आवर क्षमता ब्याट्री छ भने यसले एक पटकको फुल चार्जमा डब्लुएल्टिपि साइकल अनुसार ३४० किलोमिटरको रेन्ज दिने दाबी गरिएको छ। यसमा ७० किलोवाट क्षमताको प्रमानेण्ट म्याग्नेट सिन्क्रोनस मोटर जडान छ। यसले १८० एनएमको टर्क उत्पादन गर्छ।

  :