७ असार २०८३, आइतबार | Sun Jun 21 2026

निसान ब्राण्ड बिक्री गर्दै आएको पायोनियर मोटो कर्पले पायो मार्केट सेयर एचिभमेन्ट अवार्ड




काठमाडौं–निसान गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्पले नेपालमा बिक्री प्रदर्शनका आधारमा बी–एसयूभी आईसिई सेग्मेन्टमा ‘मार्केट सेयर एचिभमेन्ट अवार्ड’ प्राप्त गरेको छ ।

निसान मोटर इन्डियाद्वारा आयोजित ‘डिफाइ अर्डिनरी’ वार्षिक दक्षिण एसिया वितरक सम्मेलन २०२५ मा पायोनियर मोटो कर्पलाई उक्त अवार्ड प्रदान गरिएको हो।

नेपाली बजारमा निसान ब्रान्डको उपस्थिति सुदृढ पार्न सक्रिय भूमिका खेल्दै आएको पायोनियर मोटो कर्पले प्राप्त गरेको ‘मार्केट सेयर एचिभमेन्ट अवार्ड’ले नेपालमा निसानको प्रभावशाली बिक्री प्रदर्शन तथा निरन्तर बजार नेतृत्वमा कम्पनकिो योगदानलाई अझ प्रोत्साहन दिने बताइएको छ।

  :