८ भदौ २०८३, सोमबार | Mon Aug 24 2026

नयाँ आयोन ईभी तिहारलगत्तै नेपाली बजारमा



काठमाडौं– चिनियाँ गाडी उत्पादक कम्पनी जीएसीको अर्को नयाँ आयोन युटी ईभी तिहारलगत्तै नेपाली बजारमा भित्रिने भएको छ ।

जीएसी आयोनको नेपालका लागि आधिकारिक बिक्रेता सीजी मोटर्सले यो ईभी भित्र्याउन लागेको हो । यो गाडीमा १०० किलोवाट क्षमताको मोटर उपलब्ध छ। यसले १७६ एनएम टर्क उत्पादन गर्न सक्छ। यसमा सेफ्टीको लागि एडास लेभल टु प्रविधि प्रदान गरिएको कम्पनीले जनाएको छ। यसमा लिथियम आइरोन फोस्फेट ब्याट्री उपलब्ध छ।

यसमा भएको ब्याट्रीले एक पटकको फुल चार्जमा ४२० किलोमिटरसम्म रेन्ज दिने पनि कम्पनीले जानकारी दिएको छ।

  :