काठमाडौं । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले विश्व वातावरण दिवको अवसरमा टाटा टियागो ईभी अब ३ लाख ५० हजार डाउन पेमेन्टमै खरिद गर्न पाइने नयाँ स्किम ल्याएको छ ।
५ दिनका लागि मात्र ल्याइएको यस स्किम अन्तर्गत जुन ९ सम्म गाडी बुक गर्ने १०० जना ग्राहक यस स्किमबाट लाभन्वित हुने कम्पनीले जनाएको छ । सिप्रदीले यसअघि टियागो ईभीमा ४ लाख ९९ हजार रुपैयाँ डाउन पेमेन्टको स्किम ल्याएको थियो ।
टियागो ईभी एक्सटी र एक्सजेड प्लस टेक लक्स गरी दुई भेरिएन्टमा उपलब्ध छ । जसको मूल्य क्रमशः २७ लाख ४९ हजार र २९ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ ।
यस कारमा २४ किलोवाट आवरको ब्याट्री प्याक र ५५ किलोवाट क्षमतको इलेक्ट्रिक मोटर जडान गरिएको छ, जसले एकपटकको फुल चार्जमा २०५ किलोमिटर रेन्ज दिने दाबी गरिएको छ । ११४ एनएम टर्क प्रदान गर्ने इलेक्ट्रिक मोटर रहेको सो ईभीलाई सिटी र स्पोट्र्स गरी दुई ड्राइभ मोडमा चलाउन सकिन्छ ।









प्रतिक्रिया