२९ असार २०८३, सोमबार | Mon Jul 13 2026

नेपाली बजारमा एमजी कम्युट ईभी, शुरुवाती मूल्य ३४ लाख ९९ हजार



काठमाडौं । जेएसडब्लू एमजी मोटर इन्डिया र नेपालका आधिकारिक वितरक गोल्छा अर्गनाइजेसन अन्तर्गतको जीओ अटोमोबाइल्स प्रालिले नेपालमा नयाँ विद्युतीय सवारी एमजी कम्युट ईभी ‘स्वर्णिम अवसर’ को अवधारणासहित नेपाली बजारमा सार्वजनिक गरेका छन् ।

कम्पनीका अनुसार १०० किलोवाट क्षमताको विद्युतीय मोटर जडान गरिएको कम्युट ईभी विशेषगरी परिवार, होटल, रिसोर्ट, ट्राभल सेवा तथा कर्पोरेट फ्लीटका लागि लक्षित गरिएको क्रसओभर युटिलिटी भेहिकल (सीयूभी) हो ।


यो ईभीको शुरुवाती मूल्य ३४ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ । जीओ अटोमोबाइल्स प्रालिका प्रबन्ध निर्देशक आकाश गोल्छाले हालको सन्दर्भमा नेपालका लागि स्वर्णिम अवसर भनेको कम्युट ईभी भएको बताउँदै बजेट संशोधनपछि यो अझ उपयुक्त विकल्प बनेको बताए । आराम, पर्याप्त स्थान र समयलाई प्राथमिकता दिने ग्राहकका लागि यो उत्कृष्ट विकल्प हो, उनले भने ।

एमजीको विद्युतीय प्लेटफर्ममा आधारित कम्युट ईभीले एकपटकको पूर्ण चार्जमा ३३२ किलोमिटरसम्म (एमआईडीसी प्रमाणित) यात्रा गर्न सक्ने कम्पनीले जनाएको छ ।

नेपालको आतिथ्य तथा पर्यटन क्षेत्र विस्तार भइरहेका बेला कम खर्च र यात्रुको सहजतालाई ध्यानमा राखेर यस्तो सवारीको माग बढिरहेको कम्पनीले जानकारी दिएको छ ।

  :