काठमाडौं । नेपालका लागि बजाज चेतकको आधिकारिक बिक्रेता हंशराज हुलासचन्द एण्ड कम्पनीले चाँडै नै चेतक सी २५०१ र सी ३५०३ मोडल नेपाल भिञ्याउने तयारी गरेको छ ।
कम्पनीले यी स्कुटर कहिले लञ्च हुने घोषणा नगरे पनि यही साउनमा आयोजना हुने नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा सार्वजनिक गर्ने अनुमान गरिएको छ ।
कम्पनीले हाल चेतक सी ३५०१ मोडल बिक्री गर्दै आएको छ । थप दुई नयाँ मोडल ल्याउने भएसँगै ग्राहकले थप विकल्प पाउने छन् ।
चेतक सी २५०१ तुलनात्मक रूपमा सस्तो र किफायती संस्करण हुने र यसमा एलईडी डीआरएल, फ्ल्याट फुटबोर्ड र यू आकारको एलईडी टेललाइटका साथै गोलाकार एलईडी हेडल्याम्प रहेको छ । यो मोडलको तौल मात्र १०७ किलोग्राम छ । यसमो सिट मुनि २५ लिटर क्षमताको स्टोरेज पाइन्छ ।
कम्पनीले यसमा २.५ किलोवाट आवरको ब्याट्रीप्याक दिएको छ । यसले एक पटकको फुलचार्जमा ११३ किलोमिटरसम्म रेन्ज दिने कम्पनीको दाबी छ । यसको टप स्पीड प्रतिघण्टा ६० किलोमिटर रहेको छ । यो स्कुटर ४ घण्टामा फुल चार्ज हुनेछ ।
त्यस्तै, चेतक सी३५०३ लाई भने प्रिमियम मोडल हो प्रिमियम इलेक्ट्रिक स्कुटर हो। यसमा ३.५ किलोवाट आवरको लिथियम–आयन ब्याट्री छ । जसले एकपटकको फुलचार्जमा १५३ किलोमिटरसम्म रेन्ज दिने कम्पनीको दावी छ भने यसको टप स्पीड प्रतिघण्टा ७० किमी रहेको छ ।









प्रतिक्रिया