९ श्रावण २०८३, शनिबार | Sat Jul 25 2026

इमास ५ को औपचारिक बिक्री शुरु 



काठमाडौं । नेपाली बजारमा मलेसियन ब्राण्ड प्रोटोनको नयाँ इलेक्ट्रिक ह्याचब्याक कार इमास ५  एक समारोहका बीच सार्वजनिक भएको छ । नेपालका लागि प्रोटोनको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले सोमबारदेखि यसको औपचारिक बिक्री सुरु गरेको हो । 


कम्पनीले प्रोटोन इमास फाइभलाई दुईवटा भेरियन्टमा उपलब्ध गराएको छ । जसअनुसार प्राइम भेरियन्टको मूल्य ३२ लाख ९९ हजार रुपैयाँ तोकेको छ । तर पहिलो १०० ग्राहकका लागि विशेष अफर स्वरूप २९ लाख ९९ हजार रुपैयाँमै उपलब्ध गराइने कम्पनीले जनाएको छ । 

त्यसैगरी प्रिमियम भेरियन्टको मूल्य ३६ लाख ९९ हजार रुपैयाँ तोकिएको छ भने पहिलो १०० ग्राहकले यसलाई ३४ लाख ९९ हजार रुपैयाँमै खरिद गर्न सक्ने पनि कम्पनीले जनाएको छ । 


ईमास५ को प्राइम भेरिएन्टमा ३०.१२ किलोवाट आवर तथा प्रिमियम भेरिएन्टमा ४०.१६ किलोवाट आवरको ब्याट्री प्याक जडान गरिएको छ । जसले एकपटकको फुलचार्जमा क्रमशः २२५ किमी र ३२५ किमी रेन्ज दिने दाबी गरिएको छ । यसको प्राइम भेरिएन्टमा ५८ किलोवाट र प्रिमियम भेरिएन्टमा ८५ किलोवाट क्षमताको शक्तिशाली मोटर जडान गरिएको छ ।

  :