काठमाडौं । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले पन्च ईभीको फेसलिफ्ट संस्करण नेपाल भित्र्याएको छ । आगामी साउन २६ देखि काठमाडौंमा शुरु हुने नाइमा नेपाल मोबिलिटी एक्सपो २०२६ मा सो ईभी प्रदर्शन गरिने छ ।
भारतमा गत फागुन महिनामा २०२६ मोडलको सो ईभी लन्च गरिएको थियो । नयाँ पन्च ईभीको ब्याट्री क्षमता यसअघिको भन्दा थप भएको छ । नयाँ पन्च ईभीमा ३० किलोवाट आवर र ४० किलोवाट आवर गरी दुई ब्याट्री विकल्प उपलब्ध छन्।
यसअघि २५ र ३५ किलोवाट आवरका ब्याट्री थिए । ३० किलोवाट आवर संस्करणको एआरएआई प्रमाणित रेन्ज २८० किलोमिटर रहेको छ नयाँ पन्च ईभी फेसलिफ्टमा शक्तिशाली मोटर जडान गरिएको छ, जसले ० देखि १०० किमी प्रतिघण्टा गति केवल ९ सेकेन्डमा हासिल गर्न सक्छ। यसमा ३ ड्राइभ मोड र ४ स्तरको रिजेनेरेटिभ ब्रेकिङ सुविधा दिइएको छ।









प्रतिक्रिया