७ भदौ २०८३, आइतबार | Sun Aug 23 2026

५०औँ स्वर्ण वर्षको अवसरमा भदौ ९ देखि १४ सम्म नाडा अटो शो



काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले आफ्नो स्थापनाको ५०औँ स्वर्ण वर्षको अवसर पारेर ‘एचपी लुब्रिकेन्ट्स प्रिजेन्ट्स १८औँ नाडा अटो शो २०२६’ आगामी भदौ ९ देखि १४ गतेसम्म काठमाडौँको भृकुटीमण्डप प्रदर्शनी स्थलमा आयोजना गर्ने भएको छ।


मेलाका लागि आयोजकले डिजिटल टिकट खरिदमा ५० प्रतिशतसम्मको ‘अर्ली बर्ड’ छुटको घोषणा समेत गरेको छ। यस अफर अन्तर्गत खल्ती एपमा गएर वा आधिकारिक खल्तीको क्युआर स्क्यान गरी अग्रिम टिकट खरिद गर्ने अवलोकनकर्ताहरूले साधारण र विद्यार्थी दुवै प्रकारका टिकटमा ५० प्रतिशत भारी छुट पाउनेछन्।

यो छुट योजना सीमित अवधिको लागि मात्र लागू हुने भएकाले इच्छुक अवलोकनकर्ताहरूलाई समयमै टिकट सुरक्षित गर्न नाडाले आग्रह गरेको छ।

अटो शो सम्पूर्ण अटो, आयल एवं पार्टपुर्जा व्यवसायीहरूका लागि विशेष आकर्षण र व्यावसायिक प्रवर्द्धनको प्रभावकारी प्लेटफर्म बन्ने आयोजक नाडाले विश्वास लिएको छ।

यस वर्षको नाडा अटो शोमा साना र ठूला गरी कुल २०० वटा स्टलहरू रहनेछन्। प्रदर्शनीमा २२ वटा ब्राण्डका पेसेन्जर कार भेहिकल, १६ वटा ब्राण्डका लाइट कमर्शियल भेहिकल र १२ वटा ब्राण्डका दुई पाङ्ग्रे सवारी साधनको सहभागिता रहनेछ। यसका साथै ८ वटा नेपाली उत्पादकहरूसहित ६९ वटा कम्पोनेन्ट तथा अन्य सरोकारवाला व्यवसायीहरूले आफ्ना उत्पादन तथा सेवाहरू प्रस्तुत गर्ने पनि नाडाले जनाएको छ।

  :