१२ भदौ २०८३, शुक्रबार | Fri Aug 28 2026

मेगा मोटर्सद्वारा बाढी प्रभावितहरुलाई १० लाख रुपैयाँ सहयोग




काठमाडौं । मेगा मोटर्स प्रालिले भोटेकोशी नदीको बाढीबाट प्रभावितहरूको राहतका लागि १० लाख रुपैयाँ सहयोग गरेको छ ।


कम्पनीले प्रभावित परिवार तथा समुदायप्रति ऐक्यबद्धता जनाउँदै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख रुपैयाँ जम्मा गरेको हो ।
कम्पनीका प्रबन्ध निर्देशक महेश पालका अनुसार रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट भएको जनधनको क्षतिप्रति हामी अत्यन्त दुःखी छौँ । यस दुःखद् विपद्को घडीमा प्रभावित परिवार तथा समुदायप्रति ऐक्यबद्धता जनाउँदै मेगा मोटर्सलेको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग प्रदान गरिएको हो ।

यस कठिन समयमा राहत, उद्धार तथा पुनःस्थापनाका प्रयासमा आफूहरुको सानो सहयोगले केही योगदान पुर्याउने कम्पनीको विश्वास छ ।
मेगा मोटर्सले नेपालमा कामाका विद्युतीय लाइट कमर्शियल सवारी बिक्री वितरण गर्दै आएको छ ।

  :