२७ आश्विन २०८३, मंगलबार | Tue Oct 13 2026

एक्सपेङ जी–६ किन्दा १२ लाख रुपैयाँसम्मको विशेष छुट



काठमाडौं । नेपालका लागि एक्सपेङको आधिकारिक बिक्रेता सीजी मोटर्सले आफ्नो प्रिमियम इलेक्ट्रिक एसयूभी एक्सपेङ जी–६ खरिद गर्दा ग्राहकलाई सिधै १२ लाख रुपैयाँसम्मको विशेष छुट दिने घोषणा गरेको छ ।

चाडपर्वमा नयाँ गाडी खरिद गर्ने ग्राहकको चाहनालाई ध्यानमा राख्दै कम्पनीले १२ लाख रुपैयाँसम्मको ठूलो छुट ‘सेलीब्रेसन अपग्रेड’ अफर अघि सारेको हो। प्रिमियम ईभी पारखीहरूका लागि यो योजना निकै लाभदायक र विशेष हुने कम्पनीको दावी छ ।

नगद छुटबाहेक ग्राहकले ६.६ किलोवाटको वालमाउन्ट चार्जर, एक आर्थिक वर्षको सडक दस्तुर तथा एक वर्षको निःशुल्क बीमा प्राप्त गर्ने पनि कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार ग्राहकहरुले आफ्नै घरमा बसेर गाडीको टेस्ट ड्राइभ गर्ने र प्रविधि बुझ्ने विशेष सुविधा पनि पाउनेछन् । वातावरणमैत्री यात्रालाई प्रवर्द्धन गर्दै ग्राहकलाई अत्याधुनिक विद्युतीय गाडीको पहुँचसम्म पुर्‍याउन यो योजनाले ठूलो भूमिका खेल्ने विश्वास कम्पनीले लिएको छ ।

  :