काठमाडौं । रिडारा इलेक्ट्रिक पिकअपको असोज १६ गते शुक्रबार होटल हिमालयन होराइजन, धुलिखेलमा प्रदर्शन तथा टेस्ट ड्राइभ कार्यक्रम आयोजना हुने भएको छ।
बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म हुने कार्यक्रममा सहभागीले रिडारा इलेक्ट्रिक पिकअपलाई नजिकबाट अवलोकन गर्नुका साथै आफैं चलाएर यसको क्षमता, शक्ति र ड्राइभिङ अनुभव लिन आयोजकले जानकारी दिएको छ ।
विद्युतीय सवारीप्रति बढ्दो आकर्षणका बीच रिडाराले इलेक्ट्रिक पिकअपमार्फत नयाँ पुस्ताको विद्युतीय सवारी अनुभव प्रस्तुत गर्न लागेको हो। डेमो तथा टेस्ट ड्राइभमार्फत सहभागीले यसको ड्राइभिङ प्रदर्शन, पावर र आधुनिक प्रविधिबारे प्रत्यक्ष जानकारी लिन सक्ने आयोजकले जनाएको छ।
रिडारा इलेक्ट्रिक पिकअपलाई विद्युतीय पिकअप सेग्मेन्टमा नयाँ विकल्पका रूपमा प्रस्तुत गरिएको छ। कार्यक्रमले विद्युतीय पिकअपको सम्भावना, उपयोगिता र प्रदर्शनबारे उपभोक्तालाई प्रत्यक्ष अनुभव उपलब्ध गराउने अपेक्षा गरिएको छ।







प्रतिक्रिया