काठमाडौं । भारतीय कम्पनी महिन्द्राको आधिकारिक वितरक अग्नी इनकर्पोरेट प्रालिले यस बर्षको बडादशैंको अवसरमा आफ्नो इलेक्ट्रीक एसयूभी बीई सिक्समा दशैं अफर सार्वजनिक गरेको छ ।
कुप्पे डिजाइनमा तयार पारिएको विभिन्न ३ मोडलमा उपलब्ध बीई सिक्स नेपाली बजारमा आकर्षक डिजाइन, उच्च प्रविधि र पावर रहेको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार बीई सिक्सको सुरुवाती मूल्य ५७ लाख रुपैयाँ रहेको छ । बीई सिक्सको खरिदमा कम्पनीले आकर्षक नगद छुट उपलब्ध गराउने जनाएको छ । कुनै पनि ब्राण्डको पुरानो गाडी दिएर बीई सिक्स खरिद गर्ने ग्राहकलाई एक्सचेन्ज बोनस उपलब्ध गराउने कम्पनीले जनाएको छ । यस्तै बीई सिक्स खरिदकर्ताले सहजै कर्जा सुविधा पाउने छन् । यसका साथै बीई सिक्ससँग ७ किलोवाट र ३ किलोवाटका दुई चार्जर निःशुल्क पाउन सकिनेछ । यसबाहेक कम्पनीले बीई सिक्स खरिद गर्ने ग्राहकलाई आकर्षक उपहार प्याकेज समेत दिने जनाएको छ ।
यस्तै बीई सिक्स खरिद गर्ने ग्राहकले गाडीमा थप्नु पर्ने म्याट लगायतका एसेसरिज निःशुल्क पाउने छन् । बुकिङपछि लामो समय कुर्न नपर्ने गरी तत्काल डेलिभरीको सुविधा उपलब्ध हुने कम्पनीले जनाएको छ ।महिन्द्राले बीई सिक्स खरिद गर्ने ग्राहकलाई एक वर्षको निःशुल्क वार्षिक कर दिने पनि कम्पनीले जनाएको छ ।
बीई सिक्समा ५९ किलोवाट आवरको ब्याट्री छ । यसलाई १७५ किलोवाटको डीसी फास्ट चार्जरबाट चार्ज गर्न सकिन्छ । गाडीमा ९९ किलोवाट क्षमताको विद्युतीय मोटर छ ।







प्रतिक्रिया