२७ आश्विन २०८३, मंगलबार | Tue Oct 13 2026

रिभर इन्डी स्कुटरको शोरुम नक्सालमा




काठमाडौं । भारतीय इलेक्ट्रीक स्कुटर ब्राण्ड रिभर इन्डीको नेपालका लागि आधिकारिक बिक्रेता विशाल ग्रुपले काठमाडौंको नक्सालमा शोरुम सञ्चालनमा ल्याएको छ ।


कम्पनीले गत साउनमा नेपाली बजारमा रिभर इन्डी एसयूभी स्कुटर सार्वजनिक गरेको थियो । कम्पनीले उक्त स्कुटरको मूल्य ३ लाख ७० हजार रुपैयाँ तोकेको छ ।

भारतको बेङ्गलुरुस्थित विद्युतीय सवारी निर्माता रिभरले उत्पादन गरेको इन्डीले अन्तर्राष्ट्रिय स्तरमा पनि उल्लेखनीय पहिचान बनाइसकेको छ । यसले रेड डट डिजाइन कन्सेप्ट अवार्ड २०२४ र रेड डट प्रोडक्ट डिजाइन अवार्ड २०२५ प्राप्त गर्ने एकमात्र भारतीय दुईपाँग्रे सवारीको रूपमा सफलता हासिल गरेको कम्पनीले जनाएको छ।

स्कुटरमा ४ किलोवाट आवरको लिथियम आयन ब्याट्री जडान गरिएको छ । यसले एकपटकको फुलचार्जमा १६० किलोमिटरसम्म आइडीसी रेन्ज दिने कम्पनीको दाबी छ । स्कुटरमा ६।७ किलोवाटको मिड ड्राइभ मोटर जडान गरिएको छ । जसको टप स्पीड ९० किलोमिटर प्रतिघण्टा रहेको छ । यो स्कुटरले १८ डिग्रीसम्मको उकालो चढ्न सक्ने क्षमता राख्ने कम्पनीको दावी छ । कम्पनीले स्कुटरमा ८ वर्षसम्मको वारेन्टी उपलब्ध गराएको छ ।

  :