२७ आश्विन २०८३, मंगलबार | Tue Oct 13 2026

पेप्सीकोलामा फोटोनले नेपालकै ठूलो ईभी कमर्सियल सर्भिस सेन्टर सञ्चालनमा ल्याउँदै



काठमाडौं । फोटोन ब्रान्डका विभिन्न कमर्सियल सवारीसाधन बिक्री गर्दै आएको एमएडब्लू वृद्धि कमर्सियल भेइकल्स प्रालिले काठमाडौंको पेप्सीकोलामा नेपालकै ठूलो ईभी कमर्सियल सवारीसाधन सर्भिस सेन्टर चाँडै नै सञ्चालनमा ल्याउने भएको छ ।


कम्पनीले बिक्रीपछिको सेवालाई थप प्रभावकारी र व्यवस्थित बनाउन अत्याधुनिक सुविधासहितको नयाँ सर्भिस सेन्टर निर्माण गरिरहेको जनाएको छ ।
कम्पनीका अनुसार नयाँ सर्भिस सेन्टरमा आधुनिक पूर्वाधार तथा अत्याधुनिक उपकरणको व्यवस्था हुनेछ । फोटोनका अन्तर्राष्ट्रिय संस्थाबाट तालिम प्राप्त दक्ष प्राविधिक तथा इन्जिनियरको टोलीले यहाँबाट सेवा दिने कम्पनीले जनाएको छ ।

सर्भिस सेन्टरबाट फोटोनका सवारीसाधनको नियमित मर्मतसम्भार, ब्याट्री परीक्षण, प्राविधिक जाँच तथा जेन्युइन पार्टपुर्जाको उपलब्धतासहितका सेवा एउटै स्थानबाट प्रदान गरिने र चालक तथा प्राविधिकका लागि आवश्यक तालिमसमेत सञ्चालन गरिने कम्पनीले जनाएको छ ।

नयाँ सर्भिस सेन्टरमा फोटोनका विभिन्न मोडलका सवारीसाधनको निरीक्षण, मर्मतसम्भार तथा प्राविधिक जाँच गर्न सकिनेछ।

  :