२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

रिभर मोबिलिटीको पहिलो अन्तर्राष्ट्रिय स्टोर नक्सालमा



काठमाडौं । भारतीय विद्युतीय स्कुटर निर्माता कम्पनी रिभर मोबिलिटीले नेपाली बजारमा व्यवसाय विस्तार गर्ने क्रममा बिशाल गु्रपसँगको साझेदारीमा काठमाडौंको नक्सालस्थित नारायणचौरमा आफ्नो पहिलो अन्तर्राष्ट्रिय स्टोर सञ्चालनमा ल्याएको छ ।


स्टोरबाट ग्राहकले स्कुटरको टेस्ट राइड, बुकिङ तथा एसेसरिज खरिद गर्न सक्ने पनि कमपनीले जनाएको छ । कम्पनीले बिक्रीपछिको सेवा उपलब्ध गराउन भीमसेनस्थानस्थित भीजी सुजुकी सर्भिस सेन्टरमा छुट्टै सर्भिस सेन्टरसमेत स्थापना गरेको छ ।

रिभर मोबिलिटीले गत महिना काठमाडौंमा आयोजित नाइमा एक्स्पो २०२६ मार्फत आफ्नो विद्युतीय स्कुटर ‘इन्डी’ नेपाली बजारमा सार्वजनिक गरेको थियो । कम्पनीका अनुसार स्कुटरप्रति ग्राहकको चासो बढ्दै गएपछि १५० भन्दा बढी प्रि–अर्डर प्राप्त भएका छन् ।
स्टोर उद्घाटनका अवसरमा ग्राहकलाई स्कुटर हस्तान्तरणसमेत गरिएको कम्पनीले जनाएको छ । रिभर ‘इन्डी’को नेपालमा एक्स–शोरुम मूल्य ३ लाख ७० हजार रुपैयाँ तोकिएको छ ।

कम्पनीले सन् २०२८ मार्चसम्म नेपालका सबै प्रदेशमा स्टोर विस्तार गर्ने लक्ष्य लिइएको पनि जनाएको छ ।

  :