काठाडौं । नेपालका लागि जीएसी आयोन विद्युतीय सवारीसाधनको आधिकारिक वितरक सीजी मोटर्सले ‘आयोन भी’ पारिवारिक विद्युतीय एसयूभीका लागि सीमित अवधिको विशेष खरिद योजना सार्वजनिक गरेको छ। योजनाअन्तर्गत ग्राहकले ९ लाख ९९ हजार रुपैयाँ डाउन पेमेन्टमै यो एसयूभी खरिद गर्न सक्ने कम्पनीले जनाएको छ ।
सुरुवाती आर्थिक भार कम गर्ने उद्देश्यसहित ल्याइएको यस योजनामा एक वर्षको निःशुल्क ‘अटोप्लस’ बीमा, एक आर्थिक वर्षको सडक कर, नगद छुट, एक्सचेन्ज बोनस र आधिकारिक एक्ससेसरिज समावेश रहेको कम्पनीले जनाएको छ।
साथै, प्रत्येक ‘आयोन भी’ मा ११ वर्षको वारेन्टी र नेपालभरका २६० भन्दा बढी चार्जिङ स्टेसनको सञ्जाल उपलब्ध रहने उल्लेख गरिएको छ।
फराकिलो क्याबिन, स्मार्ट ककपिट प्रविधि र लामो रेन्ज भएकाले यो एसयूभी सहर तथा राजमार्ग दुवै यात्राका लागि उपयुक्त रहेको सीजी मोटर्सले जनाएको छ ।
कम्पनीका अनुसार च्छुक ग्राहकले नजिकैको सीजी मोटर्स वा जीएसी आयोन सोरुममा गई टेस्ट ड्राइभ तथा योजनाबारे विस्तृत जानकारी लिन सक्नेछन्। यो विशेष योजना सीमित अवधिका लागि मात्र उपलब्ध हुने पनि कम्पनीले जनाएको छ ।







प्रतिक्रिया