काठमाडौं । भारतीय विद्युतीय स्कुटर निर्माता कम्पनी एथर इनर्जीले चितवनको रत्ननगरस्थित टाँडीमा आफ्नो १७औँ एक्सपेरियन्स सेन्टर सञ्चालनमा ल्याएको छ।
नेपालका लागि एथरको आधिकारिक वितरक वैद्य इनर्जी प्रालिले डाइनामिक इनर्जी प्रालिअन्तर्गत सञ्चालनमा ल्याएको हो । डाइनामिक इनर्जीले यसअघि चितवनको आस्था चोकमा पनि एथरको एक्सपेरियन्स सेन्टर सञ्चालन गर्दै आएको थियो। टाँडीमा दोस्रो बिक्री केन्द्र सञ्चालनमा आएसँगै रत्ननगर तथा आसपासका ग्राहकले एथरका विद्युतीय स्कुटरबारे जानकारी लिन, टेस्ट राइड गर्न तथा खरिदपछिको सेवाबारे परामर्श लिन थप सहज हुने कम्पनीले जनाएको छ।
नयाँ सेन्टरमा ग्राहकले एथरका ४५० सिरिज र रिज्टा स्कुटर अनुभव गर्न सक्नेछन्। ४५० सिरिजलाई उच्च प्रदर्शन, प्रविधि र स्पोर्टी राइडिङ अनुभव चाहने ग्राहकलाई लक्षित गरिएको छ भने रिज्टा आराम, सुविधा र पारिवारिक प्रयोगलाई ध्यानमा राखेर विकास गरिएको स्कुटर हो। रिज्टामा दैनिक आवागमनका लागि उपयोगी स्टोरेज सुविधासमेत उपलब्ध छ।







प्रतिक्रिया