१४ मंसिर २०८३, आइतबार | Sun Nov 29 2026

नेभो क्यू०५ बुटवल र इटहरीमा सार्वजनिक गरिने



काठमाडौं । नेपालका लागि चांगानको आधिकारिक वितरक एमएडब्लू वृद्धि अटोकर्पअन्तर्गतका आधिकारिक डिलर जेनोस मोटर्स र सर्वा मोटर्सले चांगानको नयाँ इलेक्ट्रिक एसयूभी नेभो क्यू०५ यही साता बुटवल र इटहरीमा सार्वजनिक गर्ने भएको छ ।

कम्पनीका अनुसार मंसिर १५ गते बुटवल–११, कालिकानगरस्थित जेनोस मोटर्स र मंसिर १७ गते इटहरी–१०, विराटनगर लाइनस्थित सर्वा मोटर्समा सार्वजनिक कार्यक्रम आयोजना हुनेछ । औपचारिक सार्वजनिकअघि नै ग्राहकले टेस्ट ड्राइभमार्फत नेभो क्यू०५ अनुभव गर्न सक्ने कम्पनीले जनाएको छ । यसको अल्ट्रा भेरियन्टको मूल्य ५१ लाख ९९ हजार रुपैयाँ तोकिएको छ।

‘अ क्लास अबोभ’ अवधारणामा तयार गरिएको यस एसयूभीमा ५१.९ किलोवाट आवर क्षमताको सीएटीएल एलएफपी ब्याट्री र १२० किलोवाट क्षमताको इलेक्ट्रिक मोटर जडान गरिएको छ।

कम्पनीका अनुसार चांगानको गोल्डेन सिल्ड २.० ब्याट्री प्रविधि र थ्रीसी फास्ट चार्जिङ सुविधासहितको यस एसयूभीलाई १५ मिनेटमै ३० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ। यसले एनईडीसी मापदण्डअनुसार एकपटकको फुल चार्जमा ४६२ किलोमिटरसम्म रेन्ज दिने दाबी गरिएको छ। यसको ऊर्जा खपत प्रति १०० किलोमिटर १२.९ किलोवाट आवर रहेको छ।

  :