७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

नाडा अटो शोमा हिरोको प्रिमियम कम्युटर सेग्मेन्टको एक्स्ट्रीम १२५ आर



काठमाडौं । हिरो मोटरसाइकलको आधिकारिक बिक्रेता कम्पनी सीजी मोटर्सले आगामी भदौ ११ गतेदेखि काठमाडौंमा हुने नाडा अटो शो २०२४ मा १२५ सीसी सेग्मेन्टमा स्पोर्टी कम्युटर मोटरसाइकल प्रदर्शन गर्ने भएको छ ।
कम्पनीले हिरोको प्रिमियम कम्युटर सेग्मेन्टको एक्स्ट्रीम १२५ आर प्रदर्शनीमा राख्ने भएको हो ।

उक्त मोटरसाइकल बिक्री भने फेस्टिभ सिजनमा सुरू गरिने कम्पनी जनाएको छ । स्पोर्टी कम्प्युटर मोटरसाइकल एक्स्ट्रीम १२५ आर स्पोर्टी डिजाइन, उत्कृष्ट लुक्स र आधुनिक फिचर दिएर निर्माण भएको कम्पनीको दाबी छ ।

यस मोटरसाइकलमा कम्पनीले ‘फर्स्ट इन सेग्मेन्ट’ फिचरहरू दिएको छ । नयाँ एक्स्ट्रीम १२५ आरमा १२५ सीसी क्षमताको सिंगल सिलिन्डर, एयर कुल्ड, स्प्रिन्ट ईबीटी इन्जिन रहेको छ । उक्त इन्जिनले अधिकतम ८ हजार २५० आरपीएममा ११।५० ब्रेकहर्स पावर जेनेरेट गर्छ । यसमा ५ स्पीडको गियरबक्स दिइएको छ ।

फरक र आधुनिक किसिमको रेजर शार्प एलईडी प्रोजेक्टर लो(स्लङ्ग हेडल्याम्प र एलईडी टर्न इन्डिकेटरले मोटरसाइकल स्टाइलिस देखिएको छ ।

ब्रेकिङका लागि नयाँ एक्स्ट्रीम १२५ आरमा भेरियन्ट अनुसार अगाडि डिस्क ब्रेक, पछाडि ड्रम ब्रेक, डुअल डिस्क ब्रेक, सिंगल च्यानल एबीएस र डुअल च्यानल एबीएस अप्सन पाइन्छ ।

यसमा डाइमन्ड फ्रेम, डीआरएल, स्प्लीट सीट, स्प्लीट ग्रयाबरेल, फ्रन्टमा टेलिस्कोपिक फर्क र रियरमा शोवा प्रिलोड एड्जस्टेबल मोनोशक दिइएको छ ।

  :