माघ १५, २०८२ बुधबार | Wed Jan 28 2026

सिप्रदीले भित्र्यायो टाटा पन्च ईभी



काठमाडौं– टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले टाटा पन्च ईभी हाल परीक्षणका लागि नेपाल भित्र्याएको छ । परीक्षणपछि आगामी भदौ ११ गतेदेखि शुरु हुने नाडा अटो शोमा सो गाडी प्रदर्शन गरिने बताइएको छ ।

टाटा पन्च ईभी दुई ब्याट्री अप्सनमा उपलब्ध छ । सो नयाँ ईभीमा २५ र ३५ किलोवाट आवरको ब्याट्री प्याक जडान गरिएको छ भने मोटर ६० किलोवाट र ९० किलोवाट क्षमताको दिइएको छ । यसले ३१५ र ४२१ किलोमिटर रेन्ज दिने दावी गरिएको छ । हाल भित्रिएको पन्च ईभीमा ३५ किलोवाट आवरको ब्याट्री छ ।

पन्च ईभीमा १०.२५ इन्चको इन्फोटेनमेन्ट टच स्क्रिन र इन्स्ट्रयुमेन्ट क्लस्टर छ। टाटा मोटर्सले ईभीका लागि नयाँ प्लेटफर्म एक्टिभ ९एक्टिडटईभी० समेत ल्याएको छ। पन्च ईभी पनि यही प्लेटफर्ममा आधारित रहेको छ।

पन्च ईभीमा इलेक्ट्रोनिक पार्किङ ब्रेक, एयर प्युरिफायर, कर्नरिङ फग ल्याम्पस्, अटो(फोल्डिङ विङ मिरर्स, इलेक्ट्रिक सनरूफलगायत विशेषता छ। साथै पन्च ईभीमा वायरलेस फोन चार्जर र ३६० डिग्री क्यामेरा समेत उपलब्ध छ।

सुरक्षाको लागि पन्च ईभीमा ६ एयरब्याग तथा इलेक्ट्रोनिक स्टेबिलिटी प्रोग्राम (ईएसपी) छ।

  :