७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

दुई पाँग्रे बिद्युतीय सवारी साधनको आयात बढ्यो




काठमाडौं– नेपालमा पछिल्लो पटक विभिन्न ब्राण्डका दुई पांग्रे बिद्युतीय सवारी साधनको आयात अघिल्लो आर्थिक बर्षहरुको तुलनामा दोब्बरले बढेको छ । गत आर्थिक बर्ष २०८०/८१ मा ७ हजार ७ सय ४७ बिद्युतीय मोटरसाइकल र स्कूटर आयात गरिएको भन्सार विभागको तथ्यांक रहेको छ ।

बिद्युतीय मोटरसाइकलको तुलनामा स्कूटरको आयात अझ बढी रहेको जनाइएको छ । गत आर्थिक बर्षमा झण्डै ८४ करोड रुपैयाँका बिद्युतीय मोटरसाइकल र स्कूटर आयात गरिएको बताइएको छ । त्यसवापत सरकारले झण्डै १७ करोड राजस्व संकलन गरेको छ । आर्थिक वर्ष २०७९/०८० मा ९३ करोड २६ लाख तीन हजार रुपैयाँका सात हजार १५५ विद्युतीय मोटरसाइकल तथा स्कुटर आयात गरिएको थियो । त्यसबापत सरकारले २४ करोड २० लाख ३८ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो ।

यस्तै आर्थिक वर्ष २०७८/०७९ मा तीन हजार २२५ विद्युतीय मोटरसाइकल र स्कुटर आयात गरिएको थियो । ३६ करोड ७८ लाख ८२ हजार रुपैयाँबराबरका यी दुईपांग्रे सवारीबाट सरकारले आठ करोड ९२ लाख ७४ हजार कर संकलन गरेको थियो ।
नेपालमा याडिया जिहो, गोगोरो, नियू, हिरो, लेभ्लिङ, राफ्ट, सेगवे, बाउन्स इन्फिनिटी लगायतका ब्राण्डका दुई पाँग्रे सवारी साधनहरु बजारमा उपलब्ध छन् ।

  :