७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

उवरले बीवाईडीसँग १ लाख ईभी किन्ने




काठमाडौं– राइडर सेयरिङ प्लेटफर्म उवरले बीवाइडीसँग १ लाख बिद्युतीय गाडी (ईभी) खरीद गर्ने सम्झौता भएको छ । उवर चालकलाई विशेष मूल्यमा बीवाइडी कार बिक्री गर्न र सरल फाइनान्स सुविधा दिन पनि दुई कम्पनीबीच सम्झौता भएको छ ।

उवर प्लेटफर्ममा उपयोगी हुने गरेर बीवाइडीले अटोनोमस प्रविधिको कार विकास गर्ने पनि सम्झौतामा उल्लेख छ । उवरले बीवाईडीको सेल्फ ड्राइभिङ प्रविधि प्लेटफर्मको पनि उपयोग गर्न सक्नेछ । चिनियाँ ब्राण्डका ईभीमाथि युरोप र अमेरिकाले हालै घोषणा गरेको उच्च करका बाबजूद पनि यो सम्झौता भएको हो ।

यी दुई कम्पनी बीचको सम्झौता अनुसार सुरुमा युरोप र ल्याटिन अमेरिकाबाट विद्युतीय कारको प्रयोग शुरु हुनेछ । त्यसको लगत्तै मध्य पूर्व, क्यानाडा, अष्ट्रेलिया र न्यूजल्याण्डमा विस्तार हुनेछ ।

  :