७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

अर्को सातादेखि नेटा एक्सको बिक्री शुरु



काठमाडौं– सिजी मोटर्सले अर्को सातादेखि नेटा एक्सको बिक्री शुरु गर्ने भएको छ । केही महिना अगाडि सिजी मोटर्सले बुकिङ खुला गरेको नेटा एक्स अर्को साताको सोमबारसम्म नेपाल प्रवेश गर्ने र त्यसपछि बिक्री शुरु गरिने भएको छ ।

सिजी मोटर्सले गत बैशाख महिनामा एक युनिट नेटा एक्स नेपाल ल्याई टेष्ट ड्राइभ र बुकिङ दुवै खुला गरेको थियो ।
यसमा दुई ब्याट्री अप्सन पाउन सकिन्छ । स्टायण्डर्ड मोडलमा ५१।८ किलोवाट आवर र लङ रेन्ज मोडलमा ६२ किलोवाट आवर ब्याट्री रहने छ ।

सिजी मोटर्सले सर्ट रेन्ज मोडल एउटा मात्रै भेरियन्टमा ल्याउने छ । लङ रेन्ज मोडल भने कम्फर्ट र इन्टेलिजेन्ट भेरियन्टमा आउने छ ।

सर्ट रेन्ज मोडलले सिंगल चार्जमा ४०० किलोमिटर र लङ रेन्ज मोडलले सिंगल चार्जमा ५०० किलोमिटर रेन्ज दिने कम्पनीको दावी छ । दुबै मोडलमा समान ९९ किलोवाट आवरको ब्याट्री रहने छ ।

त्यसैगरी दुई भेरियन्टमा उपलब्ध हुने लङ रेन्ज मोडलको कम्फर्ट भेरियन्टको मूल्य ५७ लाख ९९ हजार र इन्टेलिजेन्ट भेरियन्टको ६१ लाख ९९ हजार रुपैयाँ मूल्य तोकेको थियो ।

  :