७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

होण्डाका २ मोडलका मोटरसाइकलमा विशेष अफर




काठमाडौं–होण्डाको नेपालको लागि आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनीले होण्डाको एनएक्स २०० र हर्नेट २.० मोडलमा विशेष अफर ल्याएको छ ।

फाइनान्स धमाका नाम दिइएको सो अफरमा ती दुई मोडलका मोटरसाइकलको मूल्यको २० प्रतिशत रकम मात्र डाउन पेमेन्ट गरे मोटरसाइकल लिन सकिन्छ । बाँकी रकम भने ३६ महिनासम्म किस्ताबन्दीको रुपमा बुझाउन सकिने कम्पनीले जनाएको छ । होण्डाको मोटरसाइकल बिक्री गर्नको लागि स्याकार ट्रेडिङको आफ्नै इन्भेष्टमेन्ट कम्पनी स्याकार हायर पर्चेज प्रालिमार्फत कर्जा उपलब्ध गराउने व्यवस्था छ ।

होन्डा एनएक्स २०० को मूल्य ४ लाख ८४ हजार ९ सय रुपैयाँ छ । यसको २० प्रतिशतले हुन आउने रकम ९६ हजार ९८० रुपैयाँ शुरुमा बुझाउन सकिन्छ । यसका साथमा सेवा शुल्क र अन्य कर समेत जोड्दा सबै गरी शुरुमा १ लाख ३० हजार ३४५ रुपैयाँ बुझाए पछि बाइक लिन सकिने व्यवस्था छ ।

बाँकी रकम ३ लाख ८७ हजार ९२० रुपैयाँ ३६ महिना सम्म किस्ताबन्दीको रुपमा बुझाउन सकिन्छ र यसका लागि मासिक करिव १४ हजार रुपैयाँ बुझाउनु पर्छ । यसमा करिव १७.२५ प्रतिशत ब्याज लाग्ने व्यवस्था छ ।
त्यसैगरी होन्डा हर्नेट २.० को मूल्य ४ लाख ६४ हजार ९ सय रुपैयाँ छ । यसको २० प्रतिशत डाउन पेमेन्ट र कर तथा सेवा शुल्क सहित सबै गरी १ लाख २५ हजार ३४० रुपैयाँ शुरुमा बुझाउनु पर्छ ।

बाँकी रकम ३ लाख ७१ हजार ९२० रुपैयाँलाई मासिक किस्ताको रुपमा बुझाउदा मासिक रुपमा १३ हजार ४ सय रुपैयाँ बुझाउनु पर्छ । यसमा १७.७५ प्रतिशत ब्याज लाग्ने व्यवस्था छ ।

  :