७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

एसपीजी अटोमोबाइलको चार्जिङ पूर्वाधार विकासको योजना




काठमाडौंं–ओमोेडा–जेको नेपालका लागि आधिकारिक बिक्रेता एसपीजी अटोमोबाइलले चार्जिङ पूर्वाधार विकासको योजना अगाडि सारेको छ । ओमोडा ई–५ नेपालमा भित्र्याएको छोटो समयमा नै ३ सय ५० भन्दा बढी युनिट बिक्री गरिसकेको एसपीजी अटोमोबाइलले ३ चरणमा गरि २७ स्थानमा चार्जिङ पूर्वाधार विकास गर्ने योजना अगाडि बढाएको हो ।

केही दिनअघि मात्रै डेमो भेहिकलको रुपमा कम्पनीले ल्याएको जेको जे-६ ले पनि निकै राम्रो प्रतिक्रिया पाइरहेको समयमा कम्पनीले चार्जिङ पूर्वाधार विकासको योजना अगाडि सारेको हो ।

कम्पनीले अहिलेसम्म ५ स्थानमा फास्ट चार्जर लगाइसकेको छ । उसले काठमाडौंको उत्तरढोका शोरुम, सितापाइला सर्भिस सेन्टर, भक्तपुर, बिराटनगर र पोखरामा डिसी फास्ट चार्जर जडान गरेको छ ।

साथै, अहिले निर्माणको क्रममा कुरिनटार, नेपालगञ्ज, इटहरी, नारायणगढ, बुटवल, बर्दिवास र विर्तामोडमा चार्जर जडानको काम भइरहेको छ । यी सात स्थानमा केही समयपछि ग्राहकले गाडी चार्ज गर्न पाउने कम्पनीको भनाइ छ ।

यसका अलावा कम्पनीले १५ स्थानमा चार्जर जडान प्रक्रिया अगाडि बढाएको छ । त्यसको लागि स्थान छनोट लगायतका काम सकिएको कम्पनीको भनाइ छ । कम्पनीले योजना गरेका स्थानमा धरान, लहान, खुर्कोट, जनकपुर, सुर्खेत, धुलिखेल, हेटौडा, पथलैया, दमौली, दाङ, कोहलपुर, धनगढी, बिरगंज, तातोपानी र रसुवागढी छन् ।

  :