७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

इभीमय हुने भो नाडा अटो शो




काठमाडौंं– यही भदौ ११ गतेदेखि १६ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुने नाडा अटो शो इलेक्ट्रिक भेहिकल
(ईभी) ले भरिने भएको छ ।

ग्राहकवर्गको पहिलो रोजाईमा ईभी पर्न थालेपछि अटो व्यवसायीहरु विभिन्न ब्राण्डका ईभी गाडीहरु भित्र्याईरहेका छन् । सरकारले ईभीमा विशेष सहुलियत दिएका कारण पनि विभिन्न अटो कम्पनीहरुले ईभीका दर्जनौं ब्राण्डहरु भित्र्याईरहेका छन् । आगामी नाडा अटो शोमा बीवाईडी, टाटा, हुण्डाई, आयन सेरेस, किया, स्काई वेल, सिट्रोन, सुजुकी, डिप्पल, ओमोडा, एमजी लगायतका ब्राण्डले स्टल बुकिङ गरिसकेका छन् ।

हुण्डाईको क्रेटा, टाटाले पञ्च ईभी, भीनफाष्टको भीएफ फाईभ, केई, जिकर, लुमिन, सीजी ग्रुपले एक्सपेङ, महिन्द्राको थ्रीएक्सओ, एक्सयुभी ४०० लगायतका ब्राण्डहरु प्रदर्शनीमा राखिने भएको छ । विगतका बर्षहरुमा नाडा अटो शोमा पेट्रोल र डिजलका नयाँ गाडीहरुमा ग्राहकहरुको चासो हुने गरे पनि यस बर्ष बिद्युतीय गाडीमा ग्राहकहरुको आकर्षण देखिएको छ ।

  :