७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

महिन्द्राको ‘युभो टेकप्लस’ ल्याक्टर नेपाली बजारमा




काठमाडौं– महिन्द्राको नेपालका लागि आधिकारिक वितरक अग्नी ग्रुपले फार्म इक्विपमेन्ट सेक्टर (एफईएस) ‘युभो टेकप्लस’ ट्याक्टर सार्वजनिक गरेको छ । ट्याक्टर विराटनगर, दमक, जनकपुर, वीरगन्ज, चितवन र नेपालगन्जका ६ अग्नि शाखा र डिलर लोकेसनमा एकैपटक सार्वजनिक गरिएको कम्पनीले जनाएको छ ।

युभो टेकप्लस सिरिजका ट्रयाक्टरमा १२एफ (फर्वाड) प्लस ३आर (रिभर्स) ट्रान्समिसन टेक्नोलोजी रहेको कम्पनीले जनाएको छ । तीन वटा स्पिड रेन्ज विकल्प रहेको ट्याक्टरले सजिलैसँग भारी उपकरण ह्यान्डल गर्नसक्ने कम्पनीको दाबी छ ।

शक्तिशाली इन्जिन रहेको ट्याक्टरले उच्चस्तरको टर्क र उत्कृष्ट इन्धन दक्षता प्रदान गर्ने महिन्द्राको भनाइ छ । धेरै भार वहन गर्ने क्षमता, उच्च ग्राउन्ड क्लियरेन्स, फ्ल्याट प्लेटफर्मको साथ दुवै साइडमा सिफ्ट गियर लिभर, आरामदायी सिट र एर्गोनोमिकली राखिएको लिभरका कारण यो ट्रयाक्टर सबै कृषि र ढुवानी कार्यका लागी उपयुक्त रहेको कम्पनीले जनाएको छ ।

महिन्द्रा एन्ड महिन्द्राको अन्तर्राष्ट्रिय अपरेसन प्रमुख केदार आप्टेले खेती र जीवनलाई समृद्ध बनाउने उद्देश्य अनुरूप नेपालको कृषि आवश्यकतालाई रूपान्तरण गर्न नयाँ ट्याक्टर सार्वजनिक गरेको बताए ।

अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठले कृषि उत्पादकत्व र आम्दानी बढाउन प्रविधिसँगै उच्चस्तरको सशक्तिकरण खोजिरहेको अवस्थामा युभो टेकप्लस सिरिज सार्वजनिक गरेको बताए ।

  :